निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

images
  • 115
    SHARES
  • श्रावण ३१, २०७९ मंगलबार
    निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता
    images

    काठमाडौं

    आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि ७६ राजनीतिक दल दर्ता भएका छन् । दल दर्ता गर्ने अन्तिम दिन आज साँझ ५ बजेसम्म रहेकोमा ७६ आयोगमा दर्ता भएका हुन् ।

    vvbgh.jpg

     

    आयोगका सूचना अधिकारीसमेत रहेका उपसचिव सूर्यप्रसाद शर्माले दल दर्ता हुनेको संख्या ७६ पुगेकोमा तथ्याङ्कमा केहि संख्या तलमाथि पनि हुनसक्ने बताएका छन् ।

     

    निर्वाचन आयोगमा साउन २० गतेसम्म १ सय १६ राजनीतिक दल दर्ता भएको भए पनि आगामी निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि भने ७६ राजनीतिक दल मात्रै दर्ता भएको आयोगले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend