विप्लव नेतृत्वको नेकपाले आगामी ४ मंसिरको चुनावमा भाग नलिने

images
  • 174
    SHARES
  • भाद्र १, २०७९ बुधबार
    विप्लव नेतृत्वको नेकपाले आगामी ४ मंसिरको चुनावमा भाग नलिने
    images

    काठमाडौं 

    आगामी ४ मंसिरमा हुन गइरहेको संघीय तथा प्रदेश निर्वाचनमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनमा भाग नलिने भएको छ ।

    netra-bikram-chand-biplab.jpg

     

    तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा शान्ति प्रक्रियामा आएको चन्द नेतृत्वको नेकपाले संघीय र प्रदेश संसदका दुवै चुनाव बहिस्कार गर्ने भएको हो ।शान्ति प्रक्रियमा आएपनि अझै पनि मुद्दाहरु फिर्ता नभएको भन्दै सरकारसँग आक्रोशित चन्द समूहले निर्वाचन प्रयोजनका लागि दल दर्ता नगराएको बुझिएको छ ।

    उता, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा आवद्ध सीपी गजुरेलले भने देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल पार्टी मार्फत निर्वाचन आयोगमा दल दर्ता गराएका छन । गजुरेल नेतृत्वको सो मोर्चा वैद्य समुहको एक घटक हो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend