चुनावी क्षेत्रबारे विश्वप्रकाशको टिप्पणी : प्रेम उता, घरजम यता कुरै हुन्नँ

images
  • 162
    SHARES
  • भाद्र १, २०७९ बुधबार
    चुनावी क्षेत्रबारे विश्वप्रकाशको टिप्पणी : प्रेम उता, घरजम यता कुरै हुन्नँ
    images

    काठमाडौं 

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू झापाबाटै प्रतिनिधिसभाको चुनाव लड्ने प्रष्ट पारेका छन् । 

    biswa-prakas-sharma_20210601084807.jpg

    कतिपयले उनलाई काठमाडौं–५ बाट चुनाव लड्न सक्ने बताइरहेका बेला महामन्त्री शर्माले त्यो सम्भावनालाई नकार्दै झापाबाटै उम्मेदवार बन्ने प्रष्ट पारेका हुन् । 

    ‘प्रेम उता, घरजम यता कुरै हुन्न’, ट्वीटरमा ट्वीट गर्दै शर्माले भनेका छन् । उनले थप प्रष्ट पार्दै भनेका छन्, ‘बागमतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो  ।’ 

    उनले उम्मेदवार नभए पनि काठमाडौं–५ को चुनाव प्रचारमा खटिने बताएका छन् । ‘काठमाडौं– ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु ।’ 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend