नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सर्‍यो

images
  • 75
    SHARES
  • भाद्र १, २०७९ बुधबार
    नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सर्‍यो
    images

    काठमाडौँ

    नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सरेको छ। आज बुधबार बिहान ८ बजेका लागि बोलाइएको बैठक दिउँसोको १ बजेका लागि सरेको हो।

    perish_danda_perishdanda_cpn_maoist_8ykC0InNWJ_20210312155428.jpg

     

    नेताहरू आन्तरिक छलफलमा जुटेकाले बैठक सरेको पार्टी निकट स्राेतले जनाएकाे छ। आजकाे बैठकमा नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतमले माओवादीकाे चुनाव चिह्न प्रयाेग गर्ने भएपछि राखेका शर्तबारे छलफलकाे तयारी थियाे।

    यसअघि मंगलबार (हिजाे) बसेकाे माओवादीकाे बैठकले बाबुराम र बामदेवलाई माओवादीको चुनाव चिह्नबाट आउँदो चुनाव लड्न दिने निर्णय गरेको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend