नेपाल सरकारको ऋण २० खर्ब ११ अर्ब नाघ्यो, हरेक नेपालीको भागमा ६८ हजार ९ सय रुपैयाँ

images
  • 102
    SHARES
  • भाद्र १, २०७९ बुधबार
    नेपाल सरकारको ऋण २० खर्ब ११ अर्ब नाघ्यो, हरेक नेपालीको भागमा ६८ हजार ९ सय रुपैयाँ
    images

    काठमाण्डाै 

    नेपाल सरकारको ऋण बढेर २० खर्ब ११ अर्ब रुपैयाँ नाघेको छ । अघिल्लो आर्थिक वर्षमा १७ खर्ब ३४ अर्ब रहेको ऋण गएको आर्थिक वर्ष २०७८/०७९ मा झन्डै तीन खर्बले बढेर २० खर्ब ११ अर्ब पाँच करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएकाे छ ।

    debt_loan_oeNG5A2guz.jpg

    यसमध्ये वैदेशिक ऋण १० खर्ब २७ अर्ब ३० करोड रुपैयाँ र आन्तरिकतर्फको ऋण ९ खर्ब ८४ अर्ब २८ करोड रुपैयाँ रहेको छ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा नेपालको ऋण ४१ दशमलव ५ प्रतिशत पुगेको छ । सरकारको ऋण २० खर्ब ११ खर्ब ५८ करोड रुपैयाँलाई नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० ले भाग गर्दा हरेक नेपालीको भागमा ६८ हजार नाै सय सात रुपैयाँ ऋण पर्न आउँछ ।   

    गएको आर्थिक वर्षमा मात्रै सरकारले दुई खर्ब ३१ अर्ब आन्तरिक ऋण र एक खर्ब २२ अर्ब रुपैयाँ वैदेशिक ऋण लिएको छ । गएकाे वर्ष नेपालले ४७ अर्ब ३३ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend