माओवादीसँग पार्टी एकताका लागि समिति बनाउन एकीकृत समाजवादी तयार

images
  • 86
    SHARES
  • भाद्र १, २०७९ बुधबार
    माओवादीसँग पार्टी एकताका लागि समिति बनाउन एकीकृत समाजवादी तयार
    images

    काठमाडौं 

    नेकपा एकीकृत समाजवादी चुनावपछि नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने गरी एकता संयोजन समिति बनाउन तयार भएको छ । बुधबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले यसका लागि छलफल अघि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    jagannath-khatiwada_20201115102420.png

     

    नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार एकीकृत समाजवादीसँग एकता गर्न छिट्टै एकता संयोजन समितिको घोषणा हुने बताएका थिए ।

    त्यस्तै बैठकले भदौ ९ गते देशभर पार्टी स्थापना दिवस मनाउने निर्णय समेत गरेको छ । नेकपा एमालेबाट विभाजित भएपछि नेकपा एकीकृत समाजवादीले ९ भदौमा नयाँ पार्टी दर्ता गरेको थियो । भदौ पहिलो साताभित्र पार्टीले संघ र प्रदेशका लागि उम्मेदवार तय गरिसक्ने निर्णय समेत बैठकले गरेको खतिवडाले जानकारी दिए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend