दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ, चार जना घाइते

images
  • 105
    SHARES
  • भाद्र १, २०७९ बुधबार
    दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ, चार जना घाइते
    images

    धनगढी

    दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ, चार जना घाइते भएका छन् ।

    Accident-darchula_20220817173204.jpg

     

    जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी जितेन्द्रकुमार पालले जानकारी दिए ।

    जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चार जनाको उद्दार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको छ भने अन्य घाइतेको उद्दार भइरहेको छ ।

    जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend