प्रभु बैंक र होटल सिताशरण प्रा. लि.बिच सम्झौता

images
  • 171
    SHARES
  • भाद्र १, २०७९ बुधबार
    प्रभु बैंक र होटल सिताशरण प्रा. लि.बिच सम्झौता
    images

    काठमाडौं 

    प्रभु बैंक र जनकपुर स्थित होटल सिताशरण बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जनकपुर शाखा कार्यालय प्रमुख अशोक कुमार साह र होटल सिताशरणका तर्फबाट महाप्रबन्धक कमल सिंह साउदद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन । 

    Photograph_20220817174024.jpg

     

    प्रभु बैंक र उक्त होटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले होटल सिताशरण प्रा .लि. द्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत र “लजिङ्ग” सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ । 

    उतm सम्झौता अन्तर्गत होटल सिताशरण मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल सिताशरण का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend