भक्तपुरमा एक जना २५ वर्षीया महिला बलात्कृत

images
  • 122
    SHARES
  • भाद्र २, २०७९ बिहीबार
    भक्तपुरमा एक जना २५ वर्षीया महिला बलात्कृत
    images

    भक्तपुर 

    भक्तपुरमा एक जना २५ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले सूर्यविनायक नगरपालिका–८ बस्ने ५० वर्षीय चण्डेश्वर थापालाई बुधबार पक्राउ गरेको छ । 

    rape-balatkar.jpg

    थापाले ती महिलालाई गत साउन २५ गते बलात्कार गरेको प्रहरीले जनाएको छ । त्यसपछि उनी फरार रहेका थिए । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुरठिमी नगरपालिका–४ नयाँठिमीबाट उनलाई पक्राउ गरेको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend