देवघाट तनहुँ: भदौ २
देवघाट गाउँपालिकाको आयोजनामा एक महिना वडा वडामा एक घण्टा श्रमको सम्मान देवघाट गाउँपालिको अभियान भन्ने मुला नारा सहित देवघाटधमको वेणी संगम वरिपरि भोलि बिहान ८ बजे बृहत सरसफाइ गर्ने भएको छ।

तनहुँ,चितवन र नवलपुर गरि तिन वटा जिल्लाले घेरिएको सुन्दर नगरी देवघाटधामको वेणी संगम वरिपरि यहीँ साउन महिना अवधी भर बोलबम मेला भर्न एवं स्नान पुजाआजको निम्ति लाखौं अन्तरिक तथा बाह्य श्रद्धालु भक्तजनहरु आएका आएका थिए। ‘एक महिना, एक वडा, एक घण्टा’ श्रमको सम्मान देवघाट गाउँपालिकाको अभियान’ नारा सहित अभियान संचालन गर्न लागिएको गाँउपालिाका अध्यक्ष तिल बहादुर थापाले बताए । थापाले देवघाटधाम आउने श्रद्धालु भक्तजनहरुलाई देवघाट गाउँपालिका र देवघाट क्षेत्र बिकास समितीले सुचना,माइकिङ बाट उत्सर्जन गरेका वस्तुहरु सहि ठाउँमा विसर्जन गर्न अनुरोध गर्दा पनि वेणी संगत वरिपरि फोहोर भएको हुँदा भोलि बिहान ठिक ८:०० बजे बृहत सरसफाइ कार्यक्रममा सहभागी भइ दिनु हुन विभिन्न संघ,संस्था क्लबका प्रतिनिधिहरु,बुद्धिजीवीहरु एवं समाजसेवी व्यक्तिहरुलाई देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले आग्रह गर्नुभएको छ। साथै सो सरसफाइ कार्यक्रममा देवघाटका जनप्रतिनिधिहरु र गाउँपालिका कर्मचारीहरु पनि सहभागीता रहने छ।



