रामेछापमा बाढीले पाँच घर बगायो

images
  • 45
    SHARES
  • भाद्र ३, २०७९ शुक्रबार
    रामेछापमा बाढीले पाँच घर बगायो
    images

    काठमाडौं 

    अबिरल वर्षासँगै आएको बाढीले गोकुलगंगा गाउँपालिका–२ ठोसेमा पहिरोले पाँच वटा घर बगाएको छ। 

    badhi-river-water-flood2_20200820174328.jpg

     

    अबिरल वर्षासँगै आएको बाढीले ठोसे एकामफेदी बाहुन टोलका रमेश रोक्का, हरि बहादुर खत्री र धनलल्क्षमी गुरागाईं, सन्तोष रोक्का, ज्ञान बहादुर रोक्काको घर बगाएको हो ।

    गएराति  ठोसेको एकामफेदी बाहुनटोलस्थित नासिङ खोल्सामा माथिबाट पहिरोसँगै बाढीले उनीहरुको घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। पहिरोले घर बगाए पनि मानविय क्षति भने भएको छैन्। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend