सवारी दुर्घटनामा परि चितवनमा दईजनाको मृत्यु

images
  • 59
    SHARES
  • भाद्र ३, २०७९ शुक्रबार
    सवारी दुर्घटनामा परि चितवनमा दईजनाको मृत्यु
    images

    चितवन 

    सवारी दुर्घटनामा परि चितवनमा दईजनाको मृत्यु भएको छ । जिल्लाको इच्छाकामना–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किंदा उनीहरुको मृत्यु भएको हो ।

    accident_20210214155920.png

     

    काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–६ का २५ वर्षीय सरोज रोकाया र पछाडि सवार काठमाडौंका ३२ वर्षीय सरोज माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बिहान करिब ३ बजेको समयमा ट्रकको पछाडि मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उनीहरूको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । सवारी लाइसेन्सका आधारमा प्रहरीले चालकको पहिचान गरेको हो । ट्रक र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा छन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend