देवघाट गाउँपालिकाको आयोजनामा देवघाटधाम वरिपरि बृहत सरसफाई

images
  • 291
    SHARES
  • भाद्र ३, २०७९ शुक्रबार
    देवघाट गाउँपालिकाको आयोजनामा देवघाटधाम वरिपरि बृहत सरसफाई
    images

    देवघाट तनहुँ:भदौ ३ गते करिसमा गुरुङ

    तनहुँको देवघाटधाम वरिपरि बृहत सरसफाई गरिएको छ ।

    dsewrl.jpg

    देवघाट गाउँपालिकाको आयोजना एवं ५ नम्वर वडा कार्यालय, इलाका प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र देवघाटको समन्वयमा देवघाटधामको वेणी संगमबाट सुरू भइ गलेश्वर आश्रम क्षेत्र, चक्रवर्ती मणिमुकुन्देश्वर मन्दिर र टाउन चोक वरिपरि हुदैँ वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

    s.jpg

    तनहुँ,चितवन र नवलपुर गरि तिन वटा जिल्लाले घेरिएको सुन्दर नगरी देवघाटधामको वेणी संगम वरिपरि यहीँ साउन महिना अवधी भर बोलबम मेला भर्न एवं स्नान पुजाआजको निम्ति लाखौं अन्तरिक तथा बाह्य श्रद्धालु भक्तजनहरु आएका आएका थिए।

    777.jpg

    सो क्रममा देवघाटधाम आउने श्रद्धालु भक्तजनहरुलाई देवघाट गाउँपालिका र देवघाट क्षेत्र बिकास समितीले सुचना,माइकिङ बाट उत्सर्जन गरेका वस्तुहरु सहि ठाउँमा विसर्जन गर्न अनुरोध गर्दा पनि वेणी संगत वरिपरि फोहोर भएको हुँदा आज बृहत सरसफाइ कार्यक्रममा आयोजना गरि देवघाटका जनप्रतिनिधिहरु र गाउँपालिका कर्मचारीहरु, विभिन्न संघ,संस्था क्लबका प्रतिनिधिहरु,बुद्धिजीवीहरु एवं समाजसेवी व्यक्तिहरुलाईको सहभागीता समन्वय गरि सरसफाइ कार्यक्रम सम्पन्न भएको देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापा बताए।

    b.jpg

    कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङ, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बहादुर कुँवर, वडा नम्बर ५ सदस्य याम बहादुर मगर, इलाका प्रहरी कार्यलय देवघाटका बरिस्ठ नायब निरिक्षक हरि नारायण श्रेष्ठ, देवघाट सामुदायिक प्रहरी केन्द्र एवं प्रहरी सेवा केन्द्रका अध्यक्ष होम बहादुर भाराती, चक्रबर्ती मणिमुकुन्देश्वर टोल विकास संस्थाअध्यक्ष अनिल मिश्र, लियो क्लब अफ देवघाट चौतारी पदाधिकारीहरु, वेदवेदङ्ग विद्यालयका विद्यार्थीहरु लगाएत विभिन्न संघसंस्था,समाजसेवी एवं सुरक्षाकर्मीको उल्लेखनीय सहभागीतामा सरसफाइ कार्यक्रम रहेको थियोे ।

    bght65.jpgbgfrt6.jpgmnbgh.jpguyo.jpg9uihjn.jpgbvfgt566.jpguuuuuuuuuuuu.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend