नेपाल मगर पत्रकार संघ जिल्ला समिति चितवनको आयोजनामा अन्तरक्रीया सप्पन्न

images
  • 50
    SHARES
  • भाद्र ४, २०७९ शनिबार
    नेपाल मगर पत्रकार संघ जिल्ला समिति चितवनको आयोजनामा अन्तरक्रीया सप्पन्न
    images

     चितवन,४ भदौ 

    नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष ठाकुर सिंह आलेमगरले पत्रकारहरुले समाचार सम्प्रेषण गर्दा निस्पक्ष तरिकाले सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ ।

    vvvvvvvvvvvvv.jpg

    आज नेपाल मगर संघ जिल्ला समिति चितवनको भवनमा नेपाल पत्रकार संघ जिल्ला समिति चितवनले आयोजना गरेको अन्तर्क्रीया कार्यक्रममा बोल्नुहुँदै उहाले सो बताउनुभएको हो। साथै उहाले आउदा दिनहरुमा निस्पक्ष तरिकाले समाचार सम्प्रेषण गर्न पनि आग्रह गर्नुभएको थियो।

    mmmmmmmmmmmm.jpg

    भर्खरै मात्रै गठन भएको नेपाल मगर संघ चितवन जिल्लामा पनि मगर पत्रकार संघ गठन भएकोमा खुशी व्यक्त गर्नुभएको थियो। फरक प्रसङ्गमा बोल्नुहुदै उहाले मगरसंघ भित्र पनि थुप्रै समस्याहरु रहेको भन्दै त्यसलाई पनि आगामी दिनहरुमा समाधान गरेर जानुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । चितवनमा भर्खरै गठन गरिएको मगर पत्रकार संघलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

    iiiiiiiiiiiiiii.jpg

    कार्यक्रममा महानगर भित्रका झन्डै ३० वटा भन्दा धेरैका संघ सस्था तथा मगर विद्यार्थी संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अन्तर्क्रीया कार्यक्रमको बारेमा नेपाल पत्रकार संघ जिल्ला समिति चितवनका अध्यक्ष आशिक रानामगरले प्रकाश पार्नुभएको थियो। उहाले नेपाल मगर पत्रकार संघ गठन गरिनुको उदेश्य र योजनाको बारेमा प्रष्ट पार्नुभएको थियो ।

    त्यस्तै, कार्यक्रममा बोल्नुहुदै नेपाल आदिवासी जनजाति पत्रकार महासङ चितवन जिल्लाका अध्यक्ष रमेश रानामगरले सम्पुर्ण मगरहरु एकताबद्ध हुनुपर्ने बताउनुभएको थियो । उहाले मगर पत्रकार संघ र जिल्लामा रहेका अन्य मगर संघसस्थाहरु एक अर्काको परिपुरक रहेको भन्दै एक बिना अर्को अपुरो हुने बताउनुभएको थियो ! साथै उहाले आगामी दिनहरुमा जिल्लामा आवद्ध रहेका सम्पुर्ण संघ सस्थाहरु मिलेर सहकार्य गरेर अगाडी बढ्न आग्रह समेत गर्नुभएको थियो ।

    कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले चितवनमा पनि मगर पत्रकार संघ गठन गरिनु खुशिको कुरा भएको बताएका थिए । मगरहरु सधै पछाडि परिरहेको अवस्थामा मगर पत्रकार संघ गठन गरिनु गौरवको विषय भएको भन्दै आगामी दिनहरुमा आफ्नो संघ सस्थाको तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

    प्रचारप्रसारकै अभावले गर्दा नै मगर जातिका चाडपर्वहरु पछाडि परेको गुनासो समेत गरेका थिए । आगामी दिनहरुमा जिल्लामा आवद्ध रहेका सम्पुर्ण संघ सस्थाहरु एक आपसमा मिलेर अगाडि बढ्नुपर्ने सुझाब दिएका थिए । नेपाल मगर पत्रकार संघ जिल्ला समिति चितवनका अध्यक्ष आशिक रानामगरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमलाई नेपाल मगर पत्रकार संघ जिल्ला समिति चितवनका सचिब मुना लम्तरी मगरले संचालन गर्नुभएको थियो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend