पहिलो जितको खोजीमा बार्सिलोना

images
  • 46
    SHARES
  • भाद्र ५, २०७९ आइतबार
    पहिलो जितको खोजीमा बार्सिलोना
    images

    काठमाडौं

     ला लिगा फुटबल गत साताबाटै सुरु भइसकेको छ । दोस्रो साता आइपुग्दा साविक विजेता रियल मड्रिडले लगातार दोस्रो जित निकालिसकेको छ भने साविक उपविजेता बार्सिलोना पहिलो जितको खोजीमा छ ।

    Capture12_20220821145811.jpg

    पहिलो खेलमा घरेलु मैदानमै बार्सिलोना रायो भालेकोनोसँग गोलरहित बराबरीमा रोकियो । जाभि होर्नान्डेजको टिम बार्सिलोना आइतबार रियल सोसिडाड भ्रमणमा निस्कने छ । खेल नेपाली समयअनुसार राति पौने दुई बजे सुरू हुनेछ ।

    तर, बार्सिलोनासँगको भेटअघि रियल सोसिडाड पक्कै रमाइलो फेसमा हुने छैन । किनकी पछिल्लो १२ लिग भेटमा २ मात्रै जित निकालेको छ ।पहिलो खेलमा अट्याकर द्वय रोबर्टो लेवान्डोस्की र राफिन्हाले २१ प्रहार गर्दा पनि बार्सिलोना गोलविहिन भएको थियो । यसैले दोस्रो खेलमा बार्सिलोनाले गोल खाता खोल्न निकै संघर्ष गर्नुपर्नेछ ।

    यस्तै, आज नै हुने पहिलो खेलमा सवा ११ बजे एथ्लेटिको मड्रिडले भिल्लारियलको सामना गर्नेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend