विमानस्थलबाट पक्राउ परेका एक व्यक्तिलाई दिसा गराउँदा झन्डै एक किलो सुन निस्कियाे

images
  • 114
    SHARES
  • भाद्र ५, २०७९ आइतबार
    विमानस्थलबाट पक्राउ परेका एक व्यक्तिलाई दिसा गराउँदा झन्डै एक किलो सुन निस्कियाे
    images

    काठमाण्डाै 

    त्रिभुवन विमानस्थलबाट पक्राउ परेका एक व्यक्तिलाई दिसा गराउँदा झन्डै एक किलो सुन निस्किएको छ ।

    gold_from_phones_hXEvF7IJbs.jpg

    हिजो बिहान फ्लाइ दुबईको उडानद्वारा दुबईबाट काठमाण्डौ आएका भारतीय नागरिक राहुल रेमानानलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

    शङ्का लागेर प्रहरीले पक्राउ गरी काठमाण्डाै मेडिकल कलेजमा एक्स–रे गराउँदा पेटभित्र शङ्कास्पद वस्तु देखिएपछि प्रहरी वृत्त गौशालामा दिसा गराएको प्रहरीले जनाएको छ ।

    दिसा गर्ने क्रममा अर्धठोस अवस्थामा बेलनाकार चार वटा पोका फेला पारेको र त्यो झन्डै एक किलो रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend