काठमाडौं
सांग्रिला विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः सुयोग श्रेष्ठ नियुक्त भएका छन् ।

आइतबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई पुनः नियुक्ति दिने निर्णय गरेको हो । यो निर्णय भदौ १९ देखि लागु हुने गरी ४ वर्ष कायम हुने बैंकले जनाएको छ ।
बैंकको मुलुकभर ११२ शाखा कार्यालय र ३१ एटिएम सञ्चालनमा छन् ।



