भरतपुरमा सेन्ट्रल कलेज एनपिआइ फुटसल कप हुने

images
  • 50
    SHARES
  • भाद्र ७, २०७९ मंगलबार
    भरतपुरमा सेन्ट्रल कलेज एनपिआइ फुटसल कप हुने
    images

    चितवन 

    सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा भरतपुरमा एनपिआइ फुटसल कप हुने भएको छ ।

    ccc.jpg

     

    रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम सहित विद्यार्थीहरुको माझमा लोकप्रिय बन्दै आएको अनेरास्ववियु (क्रान्तिकारी) एनपिआईको आयोजनामा भदौ ८ गतेदेखि प्रतियोगिता सञ्चालन हुनेछ ।

     

    अनेरास्ववियु (क्रान्तिकारी) एनपिआईका संयोजक संगम तामाङले प्रतियोगितामा ४० टिम सहभागि हुने जानकारी दिनुभयो । उहाँका अनुसार चितवन सहित मकवानपुर, नवलपुरका कलेजले सहभागिता जनाउनेछन् ।

     

    क्षेत्रपुरको ब्रोदर्स फुटसल अरिनामा खेल हुनेछ । खेलहरु १० मिनेटको हुनेछन् । प्रतियोगितालाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरले प्रायोजन गरेको छ भने नेपाल पोलिटेक्निक इन्स्टिच्युटले सहप्रायोजन गरेको छ ।

     

    विजेताले ५१ हजार १ सय ११ रुपैयाँ, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित मेडल, ट्रफि, प्रमाणपत्र पाउनेछन् । खेल तालिका मंगलबार साँझ सार्वजनिक गरिने छ ।७ गते दिउसो ४ बजे अखिल (क्रान्तिकारी) जिल्ला समिति र वाइसिएल जिल्ला समितिको मैत्रीपुर्ण खेल आयोजना हुनेछ ।

     

    यो फुटसल प्रतियोगिता अन्तर कलेज स्तरमा हालसम्मकै ठुलो धनराशिको भएको आयोजकले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend