आजको मौसम : देशभर बदली, कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

images
  • 60
    SHARES
  • भाद्र ७, २०७९ मंगलबार
    आजको मौसम : देशभर बदली, कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
    images

    काठमाडौं

    हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।

    fghjyuiop.jpg

     

    यस्तै दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै भूभागहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

     

    यस्तै राति मधेश प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ र  मधेश प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend