अछाममा मानसिक सन्तुलन गुमाएकी सासूलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ

images
  • 45
    SHARES
  • भाद्र ९, २०७९ बिहीबार
    अछाममा मानसिक सन्तुलन गुमाएकी सासूलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ
    images

    धनगढी 

    अछाममा मानसिक सन्तुलन गुमाएकी सासूलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ।

    kutpit_20220825113002.jpg

     

    पञ्चदेवल विनायक नगरपालिका-६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीले कुटपिट गर्ने बुहारीको नाम सार्वजनिक गरेको छैन।

    सासुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको श्रव्यदृश्य (भिडियो) सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्न न्यौपानेका दुई बुहारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए।

    सार्वजनिक भएको भिडियोमा उनीहरूले न्यौपानेलाई यातना दिँदै लछारपछार गरेको देखिन्छ। स्थानीयवासीका अनुसार मानसिक सन्तुलन गुमाएकी न्यौपाने बोल्न सक्दैनिन्। उनका श्रीमानसमेत शारीरिक अपाङ्गता भएका व्यक्ति हुन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend