सिट बाँडफाँटको लागि सत्तारूढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक बालुवाटारमा जारी

images
  • 51
    SHARES
  • भाद्र ९, २०७९ बिहीबार
    सिट बाँडफाँटको लागि सत्तारूढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक बालुवाटारमा जारी
    images

    काठमाडौं 

    प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारूढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक  प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।बैठक आज बिहीबार बिहान ९ बजेबाट सुरु हुने भनिए पनि केही ढिलागरी सुरु भएकाे हाे।

    1645941203_Satta-GAthabandhan_20220825112620.jpg

     

    कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला भने बैठकमा अनुपस्थित छन्। कोरोना भाइरसको संक्रमण भएका कारण उनी बैठकमा अनुपस्थित हुने भएका हुन्।कार्यदलको बैठक बालुवाटारमा पटक-पटक बस्दै आए पनि सत्तारूढ दलहरूबीच सिट बाँडफाँटमा कुरा मिल्न सकेको छैन।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend