पाकिस्तानमा बाढी र वर्षाका कारण अहिलेसम्म ९०० भन्दा बढी व्यक्तिको मृत्यु

images
  • 52
    SHARES
  • भाद्र ९, २०७९ बिहीबार
    पाकिस्तानमा बाढी र वर्षाका कारण अहिलेसम्म ९०० भन्दा बढी व्यक्तिको मृत्यु
    images

    एजेन्सी 

    पाकिस्तानमा बाढी र वर्षाका कारण अहिलेसम्म ९०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। त्यस्तै ३० लाखभन्दा बढी मानिस कुनै न कुनै रूपमा यसबाट प्रभावित भएका छन्।

    badhi-america.png

     

    बीबीसी उर्दूको समाचारअनुसार पाकिस्तानका ११६ जिल्ला बाढी र वर्षाबाट नराम्ररी प्रभावित भएका छन्। एनडीएमए रिपोर्टका अनुसार बलुचिस्तान प्रान्तका जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन्। यहाँका ३३ वटै जिल्लाको अवस्था निकै गम्भीर छ। यस्तै खैबरका ३४ जिल्ला र सिन्धका २३ जिल्ला पनि बाढी र वर्षाको चपेटामा परेका छन्।

    जनसंख्याका हिसाबले पाकिस्तानको सिन्ध प्रान्त बाढी र वर्षाबाट सबैभन्दा बढी प्रभावित भएको छ। यहाँ बाढी र वर्षाका कारण २२ लाख ६३ हजार मानिस  प्रभावित भएको जनाइएको छ। 

    यद्यपि यो केन्द्रको तथ्यांक हो, राज्य सरकारले सिन्ध प्रान्तमा वर्षा र बाढीबाट प्रभावितको संख्या अधिक रहेको बताएको छ। एनडीएमए प्रतिवेदनअनुसार बाढी र वर्षाका कारण ७ लाख ८ हजारभन्दा बढी पशुपक्षी मरेका छन्। यसबाहेक धेरै ठाउँमा सडक पनि बगेको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend