मेयर शाह आज पनि अनुगमनमा, शंखमूलको बर्गर हाउस हटाउन निर्देशन

images
  • 49
    SHARES
  • भाद्र ९, २०७९ बिहीबार
    मेयर शाह आज पनि अनुगमनमा, शंखमूलको बर्गर हाउस हटाउन निर्देशन
    images

    काठमाडौँ 

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शंखमूलस्थित एक व्यावसायिक भवनको पार्किङमा सञ्चालित बर्गर हाउस हटाउन निर्देशन दिएका छन् । 

    balen1661330491_20220824143909.jpg

     

    अनधिकृत संरचना हटाउन महानगरको टोलीसहित बिहीबार बिहान शंखमूल र बानेश्वरको अनुगमनमा पुगेका मेयर शाहले सो निदेर्शन दिएका हुन् । जसमा सो भवनका धनी र बर्गर हाउस सञ्चालकले पनि आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने बताएका छन् ।

    पछिल्लाेसमय मेयर साह आफैं महानगरभित्र बनेका अनधिकृत संरचना भत्काउन खटिएका छन् । गत सोमबार नयाँबानेश्वर क्षेत्रमा बनाइएको अनधिकृत संरचना भत्काएको महानगरले बुधबार सुन्धारा, न्युरोड, दरबारमार्ग र बबरमहल क्षेत्रका अनधिकृत संरचना भत्काएको थियाे । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend