काठमाडौं । बलिउड गायिका आस्था गिल आगामी वैशाख २४ गते शनिबार अर्थात् मे ७ मा राजधानीमा गुञ्जिने भएकी छन् । उनले ‘आस्था गिल लाइभ’ कार्यक्रममार्फत आफ्ना लोकप्रिय हिट नम्बरबाट दर्शक नचाउने भएकी हुन् ।

फिल्म ‘फग्ली’को पार्टी सङ ‘ढुप चिक’ बाट बलिउडको पाश्र्व गायनमा पाइला चालेकी आस्थाका ‘अभि तो पार्टी सुरु हुई है’, ‘डिजे वाला बाबु’, ‘बज’, ‘नागिन’, ‘ह्याप्पी ह्याप्पी’, ‘कमरिया’लगायतका गीत लोकप्रिय छन् ।उनी स्टण्ट बेस्ड रियालिटी शो ‘फियर फ्याक्टरः खतरों कि खेलाडी ११’ को प्रतिस्पर्धी पनि हुन् ।



