बानेश्वरको अल्फाबिटा कम्पेक्स बालेनको निशानामा

images
  • 69
    SHARES
  • भाद्र ९, २०७९ बिहीबार
    बानेश्वरको अल्फाबिटा कम्पेक्स बालेनको निशानामा
    images

    काठमाडौँ 

    बानेश्वरमा रहेको अल्फा बिटा कम्प्लेक्सको अवैध पार्किङ हटाउन काठमाडौँ महानगरका मेयर बालेन शाहले निर्देशन दिएका छन् ।

    Capture_20220825125941.png

     

    महानगरभित्रका अवैध संरचना हटाउन र भूमिगत पार्किङहरु व्यवीिथत गर्न अभियान नै सुरु गरेका बालेनले आज बुद्धनगरस्थित अल्फा बिटा कम्प्लेक्सको अनुगकमनमा गएका हुन् । सो क्रममा बालेनले कम्प्लेक्सका मालिकसँग नक्सा मागेपछि उनले दिन नसक्दा मेयर बालेन आक्रोशित भए ।

    केहीबेर चर्काचर्की नै परेपछि बालेनले तत्कालै अवैध संरचना रहेको सटर तत्कालै झार्न अल्फा बिटा समूहका अध्यक्ष द्विराज शर्मालाई निर्देशन दिए । तर शर्माले पनि बालेनलाई डनजस्तो शैली नदेखाउन चेतावनी दिएका छन् ।

    काठमडौँ महानगरले यसअघि नै ३५ दिने सूचना निकालेर नक्साविना बनेका सबै अवैध संरचना हटाउन र भूमिगत पार्किङको अनुमति लिएर व्यापारिक प्रयोजनमा भाडामा लगाइएका ठाउँ खाली गर्न भनेको थियो । तर घरधनीहरूले अटेर गरेपछि बालेन स्वयं एक्सनमा आएका छन् । अहिले डाेजर लगाएर विभिन्न ठाउँमा अवैध संरचना भत्काइँदै छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend