कास्की र दाङमा मृत अवस्थामा तीन जना फेला

images
  • 144
    SHARES
  • भाद्र ९, २०७९ बिहीबार
    कास्की र दाङमा मृत अवस्थामा तीन जना फेला
    images

    काठमाडौं

     कास्की र दाङमा मृत अवस्थामा तीन जना फेला परेका छन् । कास्कीको रुपा गाउँपालिका–५ मझ्याङकोट घर भएकी ३६ वर्षीया गौरी बस्यौला बुधबार मृत अवस्थामा फेला परेकी छिन् । हाल पोखरा महानगरपालिका–३० खुदी बस्ने उनी रुपा गाउँपालिका–५ मझ्याङकोटस्थित खाली घरमा मृत अवस्थामा फेला परेकी हुन् । 

    mirtu_20210131151419.jpg

     

    साउन २६ गतेदेखि हराएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । यसैगरी कास्कीको पोखरा महानगरपालिका–१४ खाल्टे मसिनास्थित श्रृष्टि कृषी फर्ममा काम गर्ने २५ वर्षीय प्रेम प्रसाद दाहाल सोही फर्म नजिकै झाडीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । 

    दाङको गढवा गाउँपालिका–३ कोठरीस्थित गढवा कालाकाटे सडकमा हाल पहिचान नखुलेकी अन्दाजी ६५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend