भर्जनकालिका कप घिनटार फुटवल क्लबलाई

images
  • 157
    SHARES
  • भाद्र १०, २०७९ शुक्रबार
    भर्जनकालिका कप घिनटार फुटवल क्लबलाई
    images

    देवघाट तनहुँ:भाद्र १० गते करिस्मा गुरुङ

    ppppppppppppppppppppppp.jpg

    देवघाट । भर्जनकालिका कप घिनटार फुटवल क्लबले हासिल गरेको छ ।

    000000000000000000000000000000.jpg

    "स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद" भन्ने मुल नाराका साथ पिपलटार टोल विकास संस्था देवघाट ५ को आयोजनामा आज भएको फाइनल खेलमा घिनटार फुटबल क्लबले घण्टाचुली कन्ट्रक्सन फुटबल क्लबलाई २-० गोल अन्तरले पछि पार्दै उपाधि चुमेको छ ।

    ooooooooooooo.jpg

    भदौ १ गतेबाट सुरू भएको सो खेलमा तिस टिमको सहभागीता रहेको कार्यक्रम संयोजक गोपि अछामी मगरले जानकारी दिनुभयो ।सो प्रतियोगितामा प्रथम द्वितीय हुने टिमलाई क्रमिक रूपमा रू. ६१ हजार १ सय ११ रूपैयाँ र ३१ हजार १ सय ११ रूपैयाँ सहित प्रमाणपत्र र मेडल कार्यक्रमको प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा मगरद्वारा हस्तान्तरण गरिएको थियोे । अध्यक्ष थापाले खेलकुद क्षेत्रका सवै खेलहरुले मानिसको मानसिक र शारीरिक दुवैलाई स्वास्थ्य र तन्दुरुस्त राख्न महत्त्वपूर्ण भुमिका रहने बताउदैँ दुव्यसनी कुलतमा लागेका व्यक्तिहरुलाई पनि खेलकुदले सहि मार्गतिर डोर्‍याउन सकिने बताउनुभयो।

    uuuuuuuuuuuuuu.jpg

    साथै उहाँले शिक्षा,स्वास्थ्य,खेलकुद बिकासको निम्ति जनसमुदायको भावनालाई बुझेर दिगो रुपमा बिकास गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा देवघाट वडा नम्बर ५ का वडाअध्यक्ष पुर्ण बहादुर कुँवर, इलाका प्रहरी कार्यलय देवघाटका प्रमुख बरिस्ठ नायब निरिक्षक हरि नारायण श्रेष्ठ, उद्योग बाणिज्य संघ देवघाटका अध्यक्ष रोशन श्रेष्ठ लगाएको उपस्थिति रहेको थियोे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend