बँदेलको आक्रमणबाट पश्चिम सुर्खेतमा एक जनाको मृत्यु

images
  • 65
    SHARES
  • भाद्र १०, २०७९ शुक्रबार
    बँदेलको आक्रमणबाट पश्चिम सुर्खेतमा एक जनाको मृत्यु
    images

    सुर्खेत

    पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा जंगली जनावरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौकुने गाउँपालिका–२ का १९ वर्षीय बिक्रम कठायत रहेका छन् ।

    vvvvvvvvvvvvvvvvvvv.jpeg 

     

    उनीसहित २५ वर्षीय बम बहादुर कठायत र बिर्ख बहादुर बुढा खसी खोज्नका लागि हिँडेकोमा दानीगौडास्थित जंगलमा बिक्रम कठायत शौच गर्न जान्छु भनी जंगलतिर गएको अवस्थामा जंगली बँदेलले आक्रमण गरेको हो । 

     

    उनी कराएको आवाज आएपछि साथमा गएका दुई जना जंगलतिर गएर हेर्दा बँदेलले आक्रमण गरेको अवस्थामा भेटिएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend