माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

images
  • 49
    SHARES
  • भाद्र १४, २०७९ मंगलबार
    माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता
    images

    काठमाडौं

    नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ।  आज बिहान नेपाल निवास कोटेश्वरमा दुई नेताबीच छलफल भएको हो।

    mmmmaadhab.jpg

     

    चुनावी घोषणा पत्र निर्माण र एकता संयोजन समितिमा रहने नेताहरुबारे छलफल भएको स्रोतले जनाएको छ। मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एउटै घोषणा पत्र लिएर जान एकीकृत समाजवादी र माओवादीबीच सहमति जुटेको छ।

     

    ‘उहाँहरुबीच एकता संयोजन समिति निर्माण र चुनावी घोषणापत्र बनाउने विषयमा छलफल भएको हो,’ स्रोतले भन्यो, ‘दुई नेताभेटेपछि पछिल्लो राजनीतिकोबारेमा छलफल त हुने नै भयो।’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend