सिर्जनशील लघुवित्तको आइपिओमा मागभन्दा ३४.४९ गुणा बढी आवेदन

images
  • 452
    SHARES
  • भाद्र १७, २०७९ शुक्रबार
    सिर्जनशील लघुवित्तको आइपिओमा मागभन्दा ३४.४९ गुणा बढी आवेदन
    images

    काठमाडौं । 

    सिर्जनशील लघुवित्तको आइपिओमा एक अर्ब ३४ करोड ४९ लाख ८७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

    IPO_20220322115423.jpg

    सीडीएसका अनुसार शुक्रबार बिहानसम्ममा १२ लाख ९ हजार ३०७ जनाले एक करोड ३४ लाख ४९ हजार ८७० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ३४.४९ गुणा बढी आवेदन हो । कम्पनीले १५ भदौदेखि कुल तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

     

    योमध्ये १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र पाँच हजार ४७० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी तीन लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा १९ भदौसम्म आवेदन दिन सकिनेछ ।लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend