भारतका केही विश्वविद्यालयको शैक्षिक उपाधिलाई समकक्षता दिन स्थगित

images
  • 33
    SHARES
  • भाद्र १७, २०७९ शुक्रबार
    भारतका केही विश्वविद्यालयको शैक्षिक उपाधिलाई समकक्षता दिन स्थगित
    images

    १७ भदौ, काठमाडौं ।

    पाठ्यक्रम विकास केन्द्रले भारतको विभिन्न शैक्षिक संस्थाबाट आएकालाई समकक्षता दिन स्थगित गरेको छ ।

    cdc (1).jpg

    केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.पारसनाथ यादवले सूचना जारी गर्दै हाललाई समकक्षता स्थगित गरेको जानकारी दिएका छन् ।

    भारतको सिंघानियाँ विश्वविद्यालय राजस्थान, मेवार विश्वविद्यालय राजस्थान, साइनाथ विश्वविद्यालय झारखण्ड र लभ्ली प्रोफेसनल विश्वविद्यालय पञ्जावबाट विभिन्न तहको शैक्षिक योग्यताको उपाधि लिएकालाई केन्द्रबाट प्रदान गरिने समकक्षता हाललाई स्थगन गरिएको केन्द्रले सूचना जारी गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend