त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाट भागेका रिजवान आलम पक्राउ

images
  • 35
    SHARES
  • भाद्र १८, २०७९ शनिबार
    त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाट भागेका रिजवान आलम पक्राउ
    images

    काठमाण्डाै – 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै भागेका अभियुक्त रिजवान आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

    arrest_9gyjpGc9VF.jpg

    आलम नक्सालमा रहेको एक होटलबाट पक्राउ परेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । हिजो बिहान यूएईबाट फ्लाई दुबई विमानमार्फत् त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनी भीआईपी कक्ष प्रयोग गरी भागेका थिए । सुनसरी घर भएका ३० वर्षका आलम ठगीको कसुरमा प्रहरीको फरार सूची एवं अध्यागमनको कालोसूचीमा थिए । विमानस्थलबाट भाग्न मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको गाडी प्रयोग भएको प्रहरीले जनाएको छ ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend