सुस्मा गुरुङ
देवघाट तनहुँ:भदौ १८
तनहुँको देवघाट गाउँपालिका र वाटर सेन्टर २१ पहलको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सो रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा रोटरी क्लब अफ नारायणगढ, रोट्र्याक क्लब अफ नारायणगढ, देवघाट एफ. एम., रोटरी क्लब अफ कपुन्डोल र लियो क्लव अफ देवघाट चौतारी सहयोगी संस्थाको रुपमा रहेको थियो भने नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त संक्रमण केन्द्र को सहकार्यमा सो कार्यक्रम भएको थियो।

सो कार्यक्रममा अन्तर्राष्ट्रिय रक्तदाता संघका अध्यक्ष अजय सत्यालको प्रमुख आतिथ्य एवं देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाको विशेष उपस्थिति,रोटरी क्लब अफ नारायणगढका अध्यक्ष नगेन्द्र बहादुर श्रेष्ठ, ई. डा. संजोक बिक्रम राणा (का. उ.खा. का बोर्डका कार्यकारी निर्देशक) लगाएतको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम देवघाटको पुरानो झोलुङ्गे पुल नजीक गणेश मन्दिर परिसरमा भएको थियो भने कार्यक्रम वाटर सेन्टर २१ पहल का अध्यक्ष सुमन प्रसाद शर्मा को सभापतित्व कार्यक्रम सम्पन्न भएको थियो।




