भरतपुर, भदौ १८
भरतपुर २ चन्द्र एक्ता मगर समाजको आज ३२औ वर्षिक साधारण सभा तथा दशौ अबिधेशन वाट थापा मगर लाई सर्वसम्मत चयन गरेको छ ।
थापा मगर यस अघि समाजको वरिष्ठ उपाध्यक्ष रहेका थिए । अधिबेशनले मगरको अध्यक्षता मा १५सदस्यिया कार्यसमिती चयन गरेको हो । नवनिर्वाचित सम्पुर्ण कार्यसमितीहरुले आजै सपथ ग्रहण गरेका छन । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथी एवम निर्वाचन संयोजक नेपाल मगर संघ जिल्ला समन्वयन समिती चितवन का अध्यक्ष ठाकुर आले मगरले सपथ ग्रहण गराएका हुन ।
कार्यक्रममा बोल्दै मगर ले यस अघि को अध्यक्षले जसरी चन्द्र एकता मगर लाई उत्साह पुर्वक एवम अनुशासन ढंग ले आज अगाडी बढाएको छ यसरि नै नवनिर्वाचित कार्यसमितीले पनि अझै राम्रा कामहरु गर्दै लैजाने साथै पुराना कार्यसमितीले गर्दै गरेका अधुरा कामहरु प्नि पुरा गर्दै जाने छ भन्नेमा आफु विश्वस्त रहेको बताउनु भयो । साधारण सभा तथा अबिधेशन दुई चरण मा सम्पन्न गरिएको थियो । पहिलो खुल्ला सत्रमा नै कोषाध्यक्ष राम कुमार थापा मगर ले आर्थिक प्रतिवेदन तथा सचिव पंकज थापा मगर ले प्रगती प्रतिवेदन पेश गर्नु भएको थियो । सो प्रतिवेदन अधिबेशन ले सर्वसम्मत पास समेत गरेको छन । कार्यक्रममा समाजका पुर्व अध्यक्ष हरु लाल बहादुर थापा मगर ,एक बहादुर आले मगर लगायत ले शुभकामना मन्तव्य राख्नु भएके थियो ।नेपाल मगर संघ जिल्ला समन्वय समिती चितवनका अध्यक्ष ठाकुर आले मगरको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रममा समाज का निवर्तमान अध्यक्ष ओम प्रकाश थापा मगरको अध्यक्षता मा भएको थियो ।




