तमू ह्युल छोंज धीं चितवनको अध्यक्षमा बिमलादेवी गुरुङ निर्वाचित

images
  • 131
    SHARES
  • भाद्र १९, २०७९ आइतबार
    तमू ह्युल छोंज धीं चितवनको अध्यक्षमा बिमलादेवी गुरुङ निर्वाचित
    images

    चितवन ।

    तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् चितवनको अध्यक्षमा बिमलादेवी गुरुङ निर्वाचित भएका छन्। परिषद्को आज सम्पन्न चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा बिमलादेवी गुरुङ ४६ मत ल्याई निर्वाचित भएकी हुन्। उनका प्रतिद्वन्द्वी शिवकमल गुरुङले मात्र १३ मत प्राप्त गरे।

    1662226582-eQt5Q.jpg

     
    निर्वाचनमा परिषद्को अध्यक्ष बन्नका लागि २ जनाले उम्मेद्वारी दिएका थिए । निर्वाचन कमिटिले अन्तिमसम्म दुई उम्मेद्वार बीच सहमति गराउने प्रयास गर्दा पनि सहमती हुन नसकेपछि अध्यक्ष पदमा मात्र निर्वाचन भएको थियो। कुल ११८ मतदाता रहेको परिषद्को निर्वाचनमा ५९ मत खसेको थियो।

    302583941_4887190214715354_4644858862689261085_n.jpg

    अध्यक्षमा निर्वाचन भएपनि परिषद्को अन्य पदमा भने निर्विरोध निर्वाचत भएको छ। परिषद्को उपाध्यक्षमा कृष्ण बहादुर गुरुङ र गोपिराम गुरुङ, सचिवमा किशोर गुरुङ, संगठन सचिवमा मीना कुमारी गुरुङ, प्रचार सचिवमा बल बहादुर गुरुङ (नेत्र), कोषाध्यक्षमा ज्ञानदेवी गुरुङ, सह–कोषाध्यक्षमा याम बहादुर गुरुङ निर्वाचन कमिटिका संयोजक अधिवक्ता खड्क बहादुर गुरुङले जानकारी दिएका छन्।

    यस्तै उनका अनुसार परिषद्को सदस्यहरुमा सुर्य गुरुङ, विनोद गुरुङ, बृहस्पती गुरुङ, यम बहादुर गुरुङ, शक्तिराज गुरुङ, बुद्धिमान गुरुङ ‘क’, बुद्धिमान गुरुङ ‘ख’, लेख बहादुर गुरुङ, शिवकुमार गुरुङ र अरविन गुरुङ निर्वाचत भएका छन्। 

    २१ सदस्यीय जिल्ला कमिटिमा १८ जना निर्वाचन प्रक्रियाबाट निर्वाचित भएका छन् भने बाँकी ३ सदस्य पछि कार्यसमितिले मनोनित गर्नेछ।

    परिषद्का नवनिर्वाचित पदाधिकारीलाई ३ वर्षे कार्यकालको लागि आजै निर्वाचन कमिटिका संयोजक अधिवक्ता खड्क बहादुर गुरुङले शपथ ग्रहण गराएको थियो भने निर्वाचन कमिटिका सदस्यद्वय तुलमान गुरुङ र शारदा गुरुङ, परिषद्का निवर्तमान अध्यक्ष गणेश गुरुङले सफल कार्यकालको शुभकामना दिएका थिए।

    यस्तै नवनिर्वाचित अध्यक्ष बिमलादेवी गुरुङले सबैलाई दुखी बनाएर हैन खुशी पारेर ३ वर्षे कार्यकाल सफल बनाउने प्रतिबद्धता व्यक्त गरे।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend