काठमाण्डौ ।
विभिन्न संचारमाध्यमा कार्यरत गुरुङ सञ्चारकर्मीहरुको साझा संस्था तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन आगामी फागुन २६ र २७ गते हुने भएको छ । शनिबार काठमाण्डौ बसेको केन्द्रीय समितिको बैठकले संघको पाँचौ राष्ट्रिय महाधिवेशन आगामी फागुन २६ र २७ गते गर्ने निर्णय गरेको हो।

बैठकले महाधिवेशनको लागि मिति तोकेको भएपनि स्थान भने पछि अर्को बैठकबाट तोकिने निर्णय गरेको संघका महासचिव रोश्नी गुरुङले जानकारी दिए।
महासचिव गुरुङका अनुसार बैठकले संघको नयाँ सदस्यता वितरण र नविकरणको कार्य सुरु गर्ने, आगामी मंसिर भित्र कास्कि जिल्लाको अधिवेशन गर्ने र गण्डकी प्रदेश स्तरीय तदर्थ समिति गठन गर्ने, त्यस्तै उपत्यका समन्वय समिति गठन गर्ने, संघले हरेक वर्षको तमू ल्होसारमा प्रकाशन गर्दै आईरहेको गुरुङ न्युज डटकम र पुरस्कार वितरण गर्ने कार्यलाई यस वर्ष पनि निरन्तरता दिने लगायतका निर्णयहरु गरेको छ।
साथै संघको चितवनमा दोस्रो शाखा स्थापना गरि कार्यालय समेत स्थापना गर्न सफल भएकोमा तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल चितवनलाई बधाई र शुभकामना दिने समेत निर्णय गरेको छ।



