गोरखा ।
जनता समाजवादी पार्टी गोरखाको पुनर्गठन भएको छ । पुनर्गठित जसपाको अध्यक्षमा कुलमान गुरुङ चयन भएका छन् ।

गोरखा सदरमुकाममा शनिबार सम्पन्न भएको पार्टीको विस्तारित वैठकले गुरुङको अध्यक्षता ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
पार्टीको जिल्ला उपाध्यक्षमा सुनसिंङ तामाङ, आस बहादुर नेपाली, कविन्द्र अधिकारी, सचिवमा पार्वती मास्के कार्की, उपसचिवमा सविना घले र कोषाध्यक्षमा सुकमाया गुरुङ चयन भएका छन् । पार्टीको अर्को वैठकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि छिट्टै उम्मेद्वारको सिफारिस गर्ने उनले जानकारी दिए ।
त्यस्तै आगामी १० दिनभित्रका जिल्लाका ११ वटै स्थानीय तहमा पालिकामा संयोजक तोकिने र आसन्न निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियान संचालन गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।
पार्टीका जिल्ला अध्यक्ष गुरुङको अध्यक्षता तथा जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य गण्डकी प्रदेश इन्चार्ज तथा पुर्व मन्त्री शिवलाल थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।



