बाइडेन देशकै शत्रु हुन् : ट्रम्प

images
  • 134
    SHARES
  • भाद्र १९, २०७९ आइतबार
    बाइडेन देशकै शत्रु हुन् : ट्रम्प
    images

    एजेन्सी ।

    विरोधीको कटु आलोचना गर्ने अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समयमा राष्ट्रपति जोन बाइडेनिवरुद्ध खनिएका छन् । आफ्नो निवासमा संघीय अनुसन्धान व्युरोले छापा मारेपछि त उनी बाइडेनको व्यक्तिगत आलोचनमा उत्रिएका छन् । 

    trump-india.jpg

    व्युरोले अगस्ट ८ मा छापा मारेपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेका ट्रम्पले आफ्नो निवासमा गरिएको अनुसन्धानलाई ‘न्यायको धोखाधडी’ भन्दै यसले ‘कसैले कहिल्यै नदेखेको  परिणाम’ ल्याउने चेतावनी दिए । ट्रम्पले भने, ‘अमेरिकी स्वतन्त्रतामाथिको वास्तविक खतराको योभन्दा ज्वलन्त उदाहरण केही हुन सक्दैन, जतिबेला केही साताअघि प्रशासनले शक्तिको चरम दुरुपयोग गर्यो ।’

     

    ट्रम्पले यस हप्ता राष्ट्रपति बाइडेनको भनाइको पनि चर्को आलोचना गरेका थिए । एक कार्यक्रममा बाइडेनले ट्रम्पप्रति संकेत गर्दै भनेका थिए, ‘पूर्ववर्ती र रिपब्लिकन समर्थकहरूले हाम्रो गणतन्त्रको जगलाई खतरामा पार्ने अतिवादको प्रतिनिधित्व गर्छन् ।’

     

    ट्रम्पले भने, ‘ अहिलेसम्मकै राष्ट्रपतिमध्ये बाइडेनले सबैभन्दा खराब, घृणित र विभाजनकारी भाषण दिए ।’ सो अवसरमा बाइडेन देशकै शत्रु भएको उनले संगीन आरोप पनि  लगाए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend