बाजुरा कांग्रेसबाट ७ जना सिफारिस, सूचीमा महान्यायाधिवक्तादेखि अनुशासनविद्सम्म

images
  • 50
    SHARES
  • भाद्र १९, २०७९ आइतबार
    बाजुरा कांग्रेसबाट ७ जना सिफारिस, सूचीमा महान्यायाधिवक्तादेखि अनुशासनविद्सम्म
    images

    १९ भदौ, काठमाडौं ।

    नेपाली कांग्रेस बाजुराको जिल्ला कार्य समितिले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र महान्यायाधिवक्ता खम्बबहादुर खातीसहित ७ जनाको नाम सिफारिस गरेको छ ।

    Khamba-Bahadur-Khati.jpg

    सात जनाको सूचीमा विकास तथा सुशासन विद अंगराज तिमिल्सिनासमेत छन् ।

    सिफारिस परेका अन्यमा कांग्रेस जिल्ला सभापति रामसिंह रावल, पूर्वमन्त्री जनकराज गिरी तथा पूर्व जिल्ला सभापतिद्वय कविराज पण्डित र मन बहादुर रावल छन् ।

    उम्मेदवारको आकांक्षा राख्ने सबैको नाम पठाउने सल्लाह भएअनुसार आवेदन दिएका सबैको नाम जिल्ला समितिले शनिबार प्रदेश समितिमा पठाएको कांग्रेसका सहमहामन्त्री पाण्डेले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend