काठमाडौं ।
जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएपछि मुस्ताङ उडेको समिट एयरको जहाज पुनः पोखरा विमानस्थलमै फर्किएको छ।
आज बिहान ७ बजेर ५९ मिनेटमा उडेको जहाजको इन्जिनमा समस्या देखिएपछि ८ बजेर ६ मिनेटमा पुनः पोखरा विमानस्थलमै अवतरण गरिएको हो।
जहाजमा १८ यात्रु थिए भने चालक दलका चार जना थिए। ‘इन्डिकेसन समस्या देखिएपछि जहाज पुनः पोखरा विमानस्थलमै फिर्ता गरिएको हो,’ पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले भने, ‘दायाँ इन्जिन अफ गरेर विमान सकुशल विमानस्थलमा अवतरण गरिएको छ।’



