राजेन्द्र महतो धनुषा-३ बाट उम्मेदवार सिफारिस

images
  • 67
    SHARES
  • भाद्र २०, २०७९ सोमबार
    राजेन्द्र महतो धनुषा-३ बाट उम्मेदवार सिफारिस
    images

    जनकपुरधाम

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस भएका छन् ।

    hjgfdert.jpg

     

    लोसपा धनुषा क्षेत्र नम्बर ३ को सोमबार बसेको बैठकले महतोको नाम प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गरिएको पार्टीका जिल्ला अध्यक्ष परमेश्वर साहले जानकारी दिए ।

     

    साहका अनुसार यस क्षेत्रबाट नेता महतोको एकल नाम सिफारिस गरिएको छ । महतो २०७४ को निर्वाचनमा यही क्षेत्रबाट नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गर्दै विजयी भएका थिए ।

     

    यो क्षेत्रबाट नेकपा एमालेले जुली महतोको नाम सिफारिस गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend