बुधवार मकवानपुरसहित ३ जिल्लामा सार्वजनिक बिदा

images
  • 61
    SHARES
  • भाद्र २०, २०७९ सोमबार
    बुधवार मकवानपुरसहित ३ जिल्लामा सार्वजनिक बिदा
    images

    मकवानपुर 

    बाग्मती प्रदेश सरकारले आउँदाे बुधवार मकवानपुरसहित तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    bghjyuiop.png

    चेपाङ समुदायको न्वागी (छोनाम) को अवसरमा प्रदेश सरकारले भदौ २२ गते बुधवार चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमवार सूचना प्रकाशित गरी याे जानकारी गराएको हो ।

    ‘बाग्मती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७८/१२/०९ को निर्णयअनुसार चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको उपलक्ष्यमा भदौ २२ गते बुधवारको दिन प्रदेशका चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा दिने निर्णय भएकाले सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’. मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend