नागरिकता विधेयक फेरि राष्ट्रपतिसमक्ष पठाइयाे

images
  • 91
    SHARES
  • भाद्र २०, २०७९ सोमबार
    नागरिकता विधेयक फेरि राष्ट्रपतिसमक्ष पठाइयाे
    images

    काठमाण्डाै 

    सभामुख अग्निप्रसाद सापकाेटाले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाउनुभएकाे छ । 

    fgty6789.jpg

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि १५ बुँदे सुझावसहित संसद्‍मा फिर्ता भएको नागरिकता विधेयक सभामुख सापकाेटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनुभएकाे हाे । 

    राष्ट्रपतिले फिर्ता गरेको विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट जस्ताकाे तस्तै पारित भएपछि सभामुख सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाउनुभएकाे हाे । यसअघि राष्ट्रपति भण्डारीले गएकाे साउन २९ गते नागरिकता विधेयक फिर्ता गर्नुभएकाे थियाे । तर त्यसको दुई दिनपछि सत्तारूढ गठबन्धनले नागरिकता विधेयक जस्ताकाे तस्तै पास गर्ने निर्णय गरेकाे थियाे । 

    त्यसपछि भदाै २ गते औपचारिकता पुर्‍याउन छलफल गरेर प्रतिनिधि सभाले विधेयक पास गरेकाे थियाे । त्यसपछि राष्ट्रिय सभामा पुगेकाे विधेयक सभाले विधायन समितिमा पठाएकाे थियाे । त्यहाँ पनि विधेयक संशाेधन भएन । 

    अब सङ्घीय संसद्‍बाट दोस्रो पटक पारित भएर आएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend