‘संसद्को आयु लम्ब्याउनु हुँदैन, मनोनयनपछि संसद् रहँदैन’ : प्रचण्ड

images
  • 78
    SHARES
  • भाद्र २१, २०७९ मंगलबार
    ‘संसद्को आयु लम्ब्याउनु हुँदैन, मनोनयनपछि संसद् रहँदैन’ :  प्रचण्ड
    images

    काठमाडौं

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को आयु नलम्बिने दाबी गरेका छन् ।

    ghfrtyui.jpg

     

    मङ्गलवार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले गठबन्धनमा संसद्को आयु लम्ब्याउन हुँदैन भनेर छलफल भएकाले कुनै हालतमा संसद्को आयु लम्बिन नहुने बताए । 

     

    उनले मङ्सिरको निर्वाचनका लागि उम्मेदवार मनोनयनपछि यो संसद् नरहने पनि बताए ।  ‘संसद्को आयु लम्ब्याउनु हुँदैन, मनोनयनपछि संसद् रहँदैन’, उनले भने, ‘एक दिन पनि लम्ब्याउनु हुँदैन । मंसिर ४ गते चुनाव हुन्छ । मंसिर चारपछि संसद् रहँदैन, दुविधा छैन ।’

     

    अध्यक्ष प्रचण्डले गठबन्धनमा सिट सङ्ख्या, क्षेत्र र प्रदेश एकैचोटी टुङ्ग्याउने भनेर गठबन्धन लागिरहेको पनि बताए ।  ‘कार्यदलमा आज टुङ्ग्याउने भनेर काम गरिरहनुभएको छ । भोलि हामी त्यसलाई अन्तिम रूप दिन्छौँ’, अध्यक्ष प्रचण्डको भनाइ छ ।  

    उनले सिट सङ्ख्यामा आ–आफ्नै दाबी हुने भए पनि कांग्रेसले सुरुमा सय भने पनि अहिले ८० को वरिपरि आउने सम्भावना रहेको बताए । त्यस्तै माओवादीले ६० मा दाबी गरेपनि केही सङ्ख्या तलमाथि हुनसक्ने भन्दै नेकपा एकीकृत समाजवादी र नेसपामा पनि २५ सिटको वरिपरिबाटै सहमति खोजिने बताए । 

     

    ‘हामीले पनि ६० भनेका छौ, ६० बाट केही तलमाथि होला, त्यसैमा सहमति हुन्छ भन्ने हाम्रो विश्वास छ । यसैलाई आधार बनाएर सबै पार्टीका प्रतिनिधि बसेर मिलेको जति मिलाउने नमिलेको स्थानमा शीर्ष बसेर मिलाउने कुरा छ ’, प्रचण्डको भनाइ छ ।

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend