गाई चिह्न नपाउँदा कमल थापाको आक्राेश

images
  • 85
    SHARES
  • भाद्र २१, २०७९ मंगलबार
    गाई चिह्न नपाउँदा कमल थापाको आक्राेश
    images

    काठमाडौं 

    राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

    cvfgh.jpg

     

    चुनाव चिन्ह रोज्नपाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भएको उनको भनाइ छ । चलखेल, दवाव र 'सेटिङ'ले कसरी संवैधानिक अंगलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण यो रहेको उनले बताए ।

     

    'कुन कानुनमा टेकेर सर्वोच्च अदालतको आफ्नै दुई अन्तरिम आदेश उल्टाउने काम माननिय कुमार रेग्मी र माननिय तिलप्रसादको इजलासले गर्‍यो ? यसको जवाफ यहाँहरूले दिनुपर्छ । ओठें जवाफ दिन सकिएला, तर उहाँहरूको अन्तर्आत्मालाई जीवनभर पोलिरहने छ,' उनले भने ।

     

    कुन कानुनले गाई चिन्ह नपाउने लेखेको छ ? भन्दै उनले प्रश्न गरेका छन् । यसका साथै उनले अदालतको फैसला भने मान्य बताएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend