कार्यदलले बुझायो प्रतिवेदन, सिट संख्या भने टुंग्याएन

images
  • 71
    SHARES
  • भाद्र २३, २०७९ बिहीबार
    कार्यदलले बुझायो प्रतिवेदन, सिट संख्या भने टुंग्याएन
    images

     काठमाडौं

    सत्ता गठबन्धनको सिट बाँडफाटसम्बन्धी कार्यदलले सिट संख्याको पूर्ण किटान नगरी आफ्नो प्रतिवेदन शीर्ष तहमा बुझाएको छ ।

    ccccccccc.jpg

     

    बैठकमा सहभागी एक नेताका अनुसार केही सिटहरुको बारेमा छलफल टुंगोमा पुग्न बाँकी रहे पनि सैद्धान्तिक रुपमा समझदारी भइसकेकाले शीर्ष तहमा नै टुंगिने गरी प्रतिवेदन बुझाइएको हो ।

     

    कांग्रेस नेता रामचन्द्र पौडेलले शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा यसबारे विस्तृत छलफल हुने बताए । कार्यदलमा संख्याबारे चित्त नबुझाएका जसपा अध्यक्ष उपेन्द्र यादवले शुक्रबारको बैठकबाट मात्रै निर्णायक टुंगो लाग्ने बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend