गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुन्छ : प्रधानमन्त्री देउवा

images
  • 47
    SHARES
  • भाद्र २४, २०७९ शुक्रबार
    गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुन्छ : प्रधानमन्त्री देउवा
    images

    चितवन 

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने दाबी गरेका छन् । १०९ औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेकोे ‘जनताको साथमा कांग्रेस अभियानको समापन कार्यक्रममा देउवाले यस्तो बताएका हुन् । गठबन्धन नहुँदा केपी ओलीको हैकमवाद चलेको र कांग्रेसका नेता–कार्यकर्ताहरू डरले थरर हुने गरेको उनले स्मरण गराए ।

    bvcfghjj.jpg

     

    उनले भने पहिले केही थिएन । अहिले सरकार हाम्रो नेतृत्वमा छ । मुख्यमन्त्रीहरू पनि हाम्रा छन् । यहीँकै मान्छे मन्त्री बने । यो त भोलि पनि हुन्छ नि त्यसैले गठबन्धन सही छ ।
    देउवा नेपाली सेनाको हेलिकप्टर मार्फत भरतपुर विमानस्थलमा अवतरण गरेका हुन् ।

    nnnnnhhjk.jpg

    आम निर्वाचनको घोषणापछि प्रधानमन्त्री देउवा पहिलो पटक चितवन आएका हुन् । यही भदौ १० गते देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम आज समापन गरिएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend