बाढीको वितण्डा : पाकिस्तानमा १८ अर्ब डलर बराबरको क्षति

images
  • 80
    SHARES
  • भाद्र २५, २०७९ शनिबार
    बाढीको वितण्डा : पाकिस्तानमा १८ अर्ब डलर बराबरको क्षति
    images

    एजेन्सी 

    पाकिस्तानमा अभूतपूर्व बाढीका कारण १८ अर्ब डलर मूल्य बराबरको नोक्शानी भएको छ सरकारले जनाएको छ । यसबअघि बाढीबाट साढे १२ अर्ब डलर मूल्य बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको थियो । 

    sssssssssssss.jpg

     

    बाढीपछि कृषिको उत्पादनमा गम्भीर असर गरेको छ । बाढीले ८ दशमबल २५ मिलियन एकडमा लगाइएको बाली नष्ट गरेको छ ।  बाढीले कपास, धान र साना बालीलाई नराम्ररी क्षति पुगेको छ भने पानीको उचित व्यवस्थापन नहुँदा गहुँ उत्पादनमा गम्भीर समस्या आउन सक्ने अनुमान गरिएको छ ।

     

    पाकिस्तानमा वर्षापछिको बाढीले बाढीले एक तिहाई भूभाग जलमग्न छ । यो बाढी एक दशकपछिकै विनाशकारी भएको जनाइएको छ । बाढी प्रभावित पाकिस्तानलाई सहयोग गर्न राष्ट्रसंघले आह्वान गरेको छ । अहिलेसम्म चीन, बेलायत, क्यानडालगायतका देशले सहयोग प्रदान गरेका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend