देवघाटमा अष्ठ धातुको ३० फिट अग्लो भगवान शिवको मुर्ती निर्माण हुँदै

images
  • 160
    SHARES
  • भाद्र २५, २०७९ शनिबार
    देवघाटमा अष्ठ धातुको ३० फिट अग्लो भगवान शिवको मुर्ती निर्माण हुँदै
    images

    प्रकाश सिग्देल
    चितवन 

    प्रसिद्ध धार्मिक स्थल देवघाटमा ३० फिट अग्लो अष्ठ धातुको भगवान शिवको मुर्ती निर्माण हुने भएको छ । मुर्ती निमार्णका लागी ठाउँको पहिचान गरि आयोजक संस्था देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनलाई जग्गा उपलब्ध गराएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले बताए ।

    vvvvvvvvvvvvvvvvvv.png

     

    देवघाट क्षेत्र विकास समितिको डिपिआरमा समाबेश भए बमोजिमको जमिनको चार किल्ला निर्धारण गरि देवघाट धाम संरक्षण प्रतिष्ठान चितवन लाई जमिन उपलब्ध गराएको अब छिट्टै शिलान्यास गर्ने तयारी भएको उनी बताउछन् । प्रदेश सरकारले निमार्ण गरेको देवघाट धामको डिपिआरमा ३० फिट अग्लो अष्ठ धातुको शिवको मुर्ती पनि समाबेश भएकाले त्यही डिपिआरमा समाबेश भएको चितवन तर्फ रोटरी बृद्धाश्रम तलको नदी किनारको स्नान घाट छेउको जग्गामा मुर्ती निमार्ण हुनेउनले बताए ।  

     

    जमिनको चार किल्ला निर्धारण गर्न डिपिआर निमार्ण गर्ने कन्सल्टेन्ट कम्पनीको टोलीनै आएर काम गरेको घिमिरेले बताए । विश्वमै नभएको यो मुत्र्ती देवघाटमा निमार्ण भएसंगै यसले देवघाटको धार्मीक तथा पर्यटकिय महत्वलाई थप उर्जागर गर्ने उनि बताउछन् ।

     

    ghhhhl.png

    मुर्ती निमार्णका लागी प्रदेश सरकार भरतपुर महानगर देवघाट क्षेत्र विकास समिति तथा दाताहरुले सहयोग गरेको आयोजक संस्थाका अध्यक्ष ढुन्डिराज सिलवालले बताए । मुत्र्ती निमार्णमा ६ करोड खर्च हुने अनुमान रहेको र दाताहरुलाई सहयोगको अपिल गरिएको उनी बताउछन् । मुत्र्तीको उचाई ३० फिटको हुनेछ भने मोटाई ८ फिटको रहने छ ।

     

    मुर्ती निर्माणमा ३ हजार केजी तामा, २ हजार केजी पित्तल, २ सय केजी जस्ता, २५ केजी कास, ३० केजी सिसा, चादी ५०० ग्राम, सुन ५०० ग्राम, फलाम १० केजी प्रयोग हुने अध्यक्ष सिल्वालले बताए ।

    वैदिक धर्मको आदर्श परम्परा अटल राखेर हिन्दुत्वको महत्वलाई स्थापित गराउदै पर्यटन प्रर्वधनमा योगदान पुर्याउने उद्येश्य सहित मुर्ती निर्माण गर्न लागेको आयोजक संस्थाका संरक्षक प्रखर भागवत बाचक आचार्य बालकृष्ण अर्यालले बताए । यो महान र पुण्य काम भएकाले सबै मिलेर यसलाई पुर्णता दिनु पर्ने उनको भनाई छ । 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend