जर्मनीका विदेशमन्त्री आकस्मिक कीभ भ्रमणमा

images
  • 131
    SHARES
  • भाद्र २५, २०७९ शनिबार
    जर्मनीका विदेशमन्त्री आकस्मिक कीभ भ्रमणमा
    images

    जर्मन विदेशमन्त्री एनालेना बेरबक शनिबार आकस्मिकरुपमा कीभ आइपुगेकी छिन् । सो भ्रमणको मुख्य उद्देश्य रुस विरुद्धको युद्धमा युक्रेनलाई बर्लिनको अटल समर्थन प्रदर्शन गर्नु रहेको बताइएको छ  । ‘उनीहरू हामीमाथि भर पर्न सक्छन् भनेर देखाउन म आज कीभको यात्रामा निस्केकी छु। हामी हतियारको डेलिभरी, मानवीय र आर्थिक सहयोगका साथ आवश्यक भएसम्म युक्रेनको साथमा उभिनेछौं,’ मन्त्रीले थपिन् ।

    ghjkk.jpg

     

    पछिल्ला हप्ताहरूमा जर्मनीले कीभमा होविट्जर, रकेट लन्चर र एन्टी-एयरक्राफ्ट मिसाइलहरू पठाएको छ। यसैबीच पचास करोड युरोभन्दा बढीको थप सैन्य सहायता प्याकेजमा एन्टी–एयरक्राफ्ट सिस्टम, पिक(अपमा राखिएका रकेट लन्चरहरू र एन्टी–ड्रोन उपकरणहरू जस्ता भारी हतियारहरू पनि रहेका छन्।

     

    यस हप्ताको शुरुमा बर्लिनले नेदरल्यान्ड्ससँग युक्रेनी सैनिकहरूलाई डिमाइनिङको तालिम दिने बताएको थियो। मन्त्री बेरबकले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पीडाप्रति सहानुभूति देखाएजस्तो गर्न थालेका छन् हामीलाई त्यसको भरोसा छैन।

     
       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend